शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय

८ मंसिर २०७८, बुधबार ११:११

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको २४६ औं बैठकले सभा मंसिर २९ गते महाराजा रिर्सोट प्रा.लि. बुटवल उप–महानगरपालिका ११, रुपन्देहीमा बिहा ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको १०.९३ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ११.५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधाहरु पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्नेछ । साथै अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने सभाको एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, सोही आवको नाफा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म मिति तोकेको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग हुन मंसिर १६ गतेसम्म नेप्सेमा कायम भएको हुनुपर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*