१४% लाभांश पारित गर्न आइसिएफसि फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

८ मंसिर २०७८, बुधबार १०:५०

काठमाडौं । आइसिएफसि फाइनान्सले अठारौं वार्षिक साधराण सभा तथा बुकक्लोजको मिति तय गरेको । कम्पनीले सभा पुष ५ गते आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेगरी आह्वान गरेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको २८८ औं बैठकले १८ औं वार्षिक साधारण सभा सोही मिति, स्थान र समयमा हुने भएको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम चु्क्तापूँजी १ अर्ब २ करोड ४२ लाख रुपैयाँबाट १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै साही सभाले आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, गत आवको नाफा।नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्र्नेछ । त्यस्तै, आव २०७८।०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुष ५ गतेसम्म मिति तोकेको छ । जसअनुसार मंसिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*