शिखर र सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा तुलना गर्दा कसको अवस्था कस्तो ?

८ मंसिर २०७८, बुधबार ०९:०७

काठमाडौं । हाल संचालनमा रहेका स्वदेशी सबै निर्जिवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने सगरमाथा नै दोस्रो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ ।

निर्जिवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरन्स पुराना कम्पनी मात्र नभई व्यवसायिक रुपमा पनि अग्रस्थानामा रहेका कम्पनी हुन् । दुई कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा शिखर इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कः कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण

चुक्ता पूँजिको आधारमा
चुक्ता पुँजिको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस त्रैमाससम्ममा आइपुग्दा कम्पनीको चुक्ता पुँजि एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजि एक अर्ब ११ करोड रुपैयाँ रहेको छ । नियामक निकाय बीमा समितिको प्रावधान अनुसार निर्जिवन बीमा कम्पनीहरुले एक अर्ब चुक्ता पुँजि पुराउने प्रावधान रहेको छ । तर यी दुबै कम्पनीको चुक्ता पुँजि बलियो रहेको ।

बीमा कोषको आधारमा
बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा रहेको छ । शिखर इन्स्योरेन्सको बीमा कोषमा एक अर्ब ३६ करोड रुपैयाँ बीमा कोष संचिती रहेको छ ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ८ करोड रुपैयाँ रकम संचित रहेको छ ।

जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा पनि शिखर इन्स्योरेन्स नै अगाडि रहेको छ । शिखर इन्स्योरेन्स नै अगाडि रहेको छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ र सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ५० करोड ६२ लाख रुपैयाँ रकम संचित रहेको छ ।

महाविपत्ती कोषको आधारमा
महाविपत्ती कोषको आधारमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको महाविपत्तिकोषमा १३ करोड २३ लाख रुपैयाँ रकम संचित रहेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सको महाविपत्तिकोषमा १० करोड लाख २५ लाख ६८ हजार रुपैयाँ रकम संचित रहेको छ ।

खुद बीमाशुल्कको आधारमा
पहिलो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्कको आधारमा शिखर इन्स्योरेन्स कम्पनी नै अग्रस्थान रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४४ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

खुद दाबी भुक्तानीको आधारमा
अन्य सबै सूचांकमा पछाडि रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले खुद दावी भुक्तानीमा भने शिखर इन्स्योरेन्स कम्पनीभन्दा अगाडि देखिएको छ । यस त्रैमासको अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स सबैभन्दा धेरै दाबी भुक्तानी गरेको छ । यस त्रैमासको अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीले १७ करोड ७२ लाख ९८ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा १५ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

जारी बीमा पोलिसी सङख्या र कुल बीमा शुल्कको आधारमा
शिखर इन्स्योरेन्स कम्पनी जारी बीमा पोलिसी सङख्याको आधारमा अगाडि रहेको कारण कुल बीमा शुल्कमा पनि अग्रस्थानमा रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ७६ हजार ९७ वटा बीमा पोलिसी जारी गरेर १ अर्ब ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ४२ हजार बीमा पोलिसी जारी गरेर ९० करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

खुद नाफाको आधारमा
पहिलो त्रैमासमा दुई कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा खुद नाफाको आधारमा शिखर इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा रहेको छ । यस त्रैमासको अवधिसम्ममा शिखर इन्स्योरेन्सले १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा ६ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च कम छ भने लगानी, कर्जा तथा अन्यबाट प्राप्त आयमा पनि सगरमाथा इन्स्योरेन्स अगाडि देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*