एनटिसीसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

७ मंसिर २०७८, मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२७ कम्पनीको ७४ लाख ४८  हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४३ लाख ८६ हजार १३६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ३३ दशमलव ९५ अंकले घट्दा कारोबार ४ अर्बमा सिमित हुन पुगेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दुरसंचार कम्पनी (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन ४१ करोड ५७ लाख २४ हजार ६३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १२ करोड २१ लाख, महालक्ष्मी विकास बैंकको १० करोड ४२ लाख, अपि पावरको १० करोड ३३ लाख  र अरुण काबेली पावरको ९ करोड ७० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*