सामुहिक लगानीको कोषको इकाई अब इसेवाबाटै किन्न सकिने

७ मंसिर २०७८, मंगलवार १२:२९

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएसल सहभागिता फण्डको इकाई खरिद भुक्तानी अब इसेवाबाटै गर्न सकिने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको उक्त क्यापिटलले इसेवा माध्यमबाट एनआइबिएल सहभागिता फण्डका इकाई खरिदको भुक्तानी गर्न सक्ने ब्यवस्था मिलाईएको हो ।

एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई यस अघि भने कनेक्ट आईपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई बैंकिङ बाट यो सेवा प्रदान गर्दै आइरहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*