सानिमा लाइफको बालसौगात बीमाप्रति अभिभावकहरुको आकर्षण बढ्दै

२३ कार्तिक २०७८, मंगलवार १८:४५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ल्याएको सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजनामा अभिभावकको आकर्षण बढ्दै गएको पाइएको छ । बालबालिको उच्च शिक्षाको लागि सानिमा लाइफले सानिमा बाल सौगात योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाले प्रतिफल र जोखिम बहन दुवै दृष्टिले फाइदाजनक भएकोले अभिभावकहरुको रुचिको विषय बनेको पाइएको छ ।

प्रत्येक अभिभावकले आफना बालबालिकालाई आधुनिक स्तरको शिक्षा, दिक्षा प्रदान गरी भविष्यमा देशको गहन दायित्व वहन गर्ने असल नागरिक बनाउने परिकल्पना गरेका हुन्छन् । यसको लागि समयमै आर्थिक बचत गर्नु आवश्यक हुन्छ । त्यसैले बालबालिकाहरुको भावी सुरक्षाको लागि कम्पनीले यस बीमा योजना ल्याएको कम्पनीले बिजनेश म्यानेजर गुणराज श्रेष्ठ बताउँछन् ।

सानिमा लाइफको सानिमा बाल सौगात बीमा योजनाले बालबालिका १७ औ देखि २० औ जन्मोत्सवसम्म बीमाङ्कको २० प्रतिशतको दरले बीमितलाई भुक्तानी गर्दछ । साथै बीमित २१ बर्ष पुगेपछि बमिा समाप्ति हुन्छ । सो मितिमा बीमाङ्क रकमको २० प्रतिशत र ग्यारेन्टी बोनस तथा नियमानुसार आर्जित बोनस समेत एकमृष्ठ प्रदान गर्ने गर्दछ ।

यस बीमालेखमा सरिक हुनको लागि न्यूनतम तीन महिना र अधिकतम ११ बर्षभित्र उमेर हुनुपर्ने कम्पनी बीमा पोलिसीमा उल्लेख छ ।

सानिमा बाल सौगात जीवन बीमा (बाल सर्वाधिक) योजनाका बिशेषताहरु
कम्पनीले उक्त बीमा योजनामा सरिक हुनको लागि बालबालिकाको अभिभावकले बार्षिक, अर्धबार्षिक, मासिक रुपमा बीमाशुल्क बुझाउन सक्ने व्यवस्था गरेको छ ।

यस योजनामा बीमा समाप्ती पश्चात् कुनै बीमाशुल्क तिर्नुनपर्ने गरि थप पाँच बर्षको लागि कूल बीमाङ्क बराबरको जोखिम बीमकले वहन गर्दछ । साथै यस योजनामा प्रथम पाँच बर्ष प्रतिहजार बीमाङ्कमा ग्यारेण्टी बोनस ६५ प्रदान गरिनेछ ।

बीमा योजनामा बीमितले के सुविधा पाउछन् ?
यस बीमा योजनामा बीमा समाप्ती पश्चात् कुनै बीमाशुल्क तिर्नु नपर्ने गरि थप पाँच बर्षको लागि मुल बीमाङ् बराबरको जोखिम कम्पनलिे वहन गर्दछ । यस योजनामा प्रथम पाँच बर्षसम्म प्रतिहजार बीमाङ्कमा ग्यारेण्टि बोनस ६५ रुपैयाँ प्रदान गरिनेछ ।

बीमितले यस बीमा योजना अन्तर्गत बार्षिक रुपमा भुक्तानी गर्दा १।५ प्रतिशत अर्धबार्षिक रुपमा भुक्तानी गर्दा ०।७५ प्रतिशत र तीन महिनामा भुक्तानी गर्दा कुनै छुट सुविधा दिएको छैन ।

बीमालेख अवधिमा बच्चाको मृत्यु भएमा
पोलिसी अवधिमा बच्चाको मृत्यु भएमा बीमालेखको सर्तहरुको अधिनमा रही बीमालेख अन्तर्गतको रकम एकमुष्ठ भुक्तानी गरिनेछ । साथै प्रस्तावकले लिएको बीमालेख चालुरहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यसपछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट हुने यस बीमालेखमा उल्लेख छ ।

सानिमा लाइफ बाल सौगात जीवन बीमा योजनमा कम्पनीले १७ औ देखि २० आंै जन्मोत्सवसम्म बीमाङ्कको २० प्रतिशतको दरले बीमितलाई गर्दछ । बीमित २१ बर्ष पुगेपछि बीमा समाप्ती मितिमा बीमाङ्कको २० प्रतिशत र ग्यारेण्टी बोनस तथा नियमानुसार आर्जित बोनस समेत एक मृष्ट प्रदान गरिने भएकाले बालबालिकाको सुरक्षित भविष्यका लागि समेत निकै उपयोगी ठहरिएको छ ।

विस्तृत विवरण सानिमा लाइफको आधिकारिक वेभसाईटमा गएर अध्ययन गर्न सक्नुहुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*