ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठि सम्पन्न

६ मंसिर २०७८, सोमबार १८:२५

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्र्तगत रहेको ३५ वटा शाखाहरुको आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासिक समीक्षा शाखा प्रवन्धक गोष्ठि सम्पन्न गरेको छ । पोखराको लेकसाइड स्थित ःथ् माई होठलm अधिकृत हरिकृष्ण जोशीले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा विभागीय प्रमुखहरुले ३५ वटा शाखाको प्रथम त्रैमासिक समीक्षा र शाखा प्रवन्धक गोष्ठिको लागि सहजीकरण गरेका थिए । यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती, भावि रणनीतिहरु प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले उत्कृष्ट शाखाहरुलाई प्रशंसा पत्र प्रदान गर्दै, वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्याका साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै, उहाँले वित्तीयसंस्थाको चालु त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिनुभएको थियो । कार्यसञ्चालन विभाग प्रमुख सुदिप आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत ३५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

One thought on “ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठि सम्पन्न

  1. Santosh kumar yadav says:

    Imo

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*