वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घट्यो, तरलता अभाव थप चर्किदै

६ मंसिर २०७८, सोमबार १७:३४

काठमाडौं । तीन वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। मंसिर १ गतेदेखि ३ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ। पछिल्लो एक महिनामा ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। संघका अनुसार असोज महिनाको तुलनामा मंसिर पहिलो सातासम्म ४३४ अर्ब रुपैयाँले घटेको जनाएको छ। गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको छ। कात्तिक महिनामा असोज महिनाको तुलनामा ३६ अर्ब रुपैयाँ घटेको थियो।

कातिक ३० गते बैंकहरुको निक्षेप ४२ खर्ब ३३ अर्ब रहेकोमा मङ्सिर ३ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप घटेर ४२ खर्ब २६ अर्ब पुगेको छ। यस अवधिमा विदेशी मुद्राको निक्षेप मात्रै २ अर्ब घटेको छ। यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९० दशमलव ५७ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरुमा गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*