राष्ट्र बैंकले पौने १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

६ मंसिर २०७८, सोमबार १६:१७

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडकोे ट्रेजरी बिल आज बोलकबोलमार्फत बिक्री गर्न लागेको सूचना मार्फत जनाएको छ ।

बैंकका अनुसार ९१ दिने टे«जरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कात्तिक २९ मा बैंकले रु ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो ।अनलाइनमार्फत ऋणपत्रको बोलकबोल आज अपराह्न २ बजे खुला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*