चार जीवन बीमा कम्पनीको वित्तिय विवरण शंकाको घेरामा, अनुमानित विवरण सार्वजनिक गरेको आशंका

७ मंसिर २०७८, मंगलवार १२:३१

काठमाडौं । नेपालमा सञ्चालित चार वटा जीवन बीमा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण शंकाको घेरामा परेको छ । गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरणर हाल प्रकाशित प्रथम त्रैमासिक वित्तिय विवरण शंकाको घेरामा परेको छ ।

नेपाल पुनर्बीमा कम्पनी स्रोतका अनुसार हालसम्म चार वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरण पुनर्बीमा कम्पनीमा बुझाउका छैनन् । नेपाल पुनर्बीमा कम्पनीले केही बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गर्न नसकेको गुनासो सार्वजनिक रुपमै गर्दै आएको छ ।

यही मंसिर १ गते आन्तरिक राजश्व कार्यालयले आयोजना गरेको अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु कुमार मरासिनी उपस्थित कार्यक्रममा नेपाल रि इन्स्योरेन्स कम्पनीका सिईओ शंकर कुमार रायमाझीले नेपालमा सञ्चालित बीमा कम्पनीहरुले समयमा वित्तीय विवरण पठाउन नसकेका कारण आफूले गत आर्थिक वर्षको वित्तिय विवरण प्रकाशन गर्न नसकेको गुनासो गरेका थिए । अर्थमन्त्री र सचिवकै अगाडि बीमा कम्पनीहरुले वित्तीय विवरण नपठाएको गुनासो गरेपछि बीमापोष्टले सो सम्बन्धमा खोजविन गर्दा चार वटा जीवन बीमा कम्पनीले वित्तिय विवरण नपठाएको खुलेको हो ।

नेपाल रि इन्स्योरेन्स कम्पनी स्रोतले कम्पनीको नाम उल्लेख नगर्ने शर्तमा भन्यो, ‘हामीले चार जीवन बीमा कम्पनीले गत आर्थिक वर्षकै वित्तिय विवरण पठाउन सकेका छैनन् । पटक पटक ताकेता गरिसकेका छौं ।’

नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको बार्षिक र चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन गरिसकेको छ । शेयर लगानीकर्ता, आम सर्वसाधारणलाई सूचनाको लागि भन्दै वित्तिय विवरण प्रकाशन गरेका कम्पनीहरुले पुनर्बीमा कम्पनीमा गत आर्थिक वर्षकै विवरण पठाउन नसक्नुमा उनीहरुको आन्तरिक अडिट हुनै बाँकी रहेको छ । स्रोतले भन्यो अनुमानका आधारमा वित्तिय विवरण प्रकाशन गर्ने गरिएको छ ।

बीमा समिति स्रोतका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्रमा आन्तरिक अडिट (अपरिस्कृत अडिट) सम्पन्न गरी पूर्व स्वीकृतिको लागि बीमा समितिमा पेश गरिसक्नु पर्नेमा चार भन्दा बढि जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षकै वित्तिय विवरण तयार पार्नसकेका छैनन् ।

बीमा समितिमा पेश भएको तथ्याङ्क र नेपाल पुनर्बीमा कम्पनीको दावी दुवै मिलेको देखिँदा जीवन बीमा कम्पनीहरुले प्रकाशन गर्ने वित्तिय विवरण शंकाको घेरामा परेको हो । शंकाको घेरामा परेका कम्पनीमाथि बीमा समितिले के कारवाही वा एक्सन लिन्छ त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*