महालक्ष्मी विकास बैंकसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

६ मंसिर २०७८, सोमबार १५:०६

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से झिनो अंकले बढ्दा कारोबार समेत ३ अर्बमा झरेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनटिसीको २९ करोड १८ लाख, अरुण काबेली पावरको १४ करोड ८७ लाख, हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २७ लाख र नबिल बैंकको १२ करोड ४८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*