एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने

६ मंसिर २०७८, सोमबार १४:१४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)ले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा बीमितले पाउने न्युनतम ६६ रुपैयाँ र अधिकतम बोनसदर ८० रुपैयाँसम्म थियो भने प्रोभिजनको कारण कम्पनीको बोनसदर घटेको छ। कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्किय प्रतिवेदन बीमा समितिको २०७८ कार्तिक ३० गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले बीमितलाई न्यूनतम प्रतिहजार ६६ रुपैयाँ र अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिएको थियो । त्यस्तो बोनस दर घटेर आर्थिक वर्ष २०७६/७७ मा बीमितले न्यूनतम ४५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ पुगेको छ ।

कम्पनीको धनवृष्टि बीमालेखमा बीमितले पाउने बोनस दर घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीले सो बीमालेखका लागि प्रतिहजार ६६ रुपैयाँ बोनस दर दिएको थियो ।आर्थिक वर्ष २०७६÷७७ धन बृष्टि(३५८) बीमा योजनामा बीमितले पाउने बोनस दर ५५ रुपैयाँमा सीमित भएको छ । कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।
जीवन बिद्या (३५२), जीवन साथी (३५७) सावधिक (३३३) बीमालेखमा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन आनन्द (३४२) बीमा योजना कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।

बाल सावाधिक (३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । धन बृष्टि(३५८) बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।धन फिर्ता (३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजना कम्पनीले १५ वर्षे बीमा अवधिमा प्रतिहजार ५६ रुपैयाँ, २० वर्षे बीमा अवधि बीमा योजनामा ५७ रुपैयाँ र २५ वर्षे बीमा अवधिमा ६० रुपैयाँ बोनस दर दिने भएको छ ।
स्नेह (३४१) बीमा योजना कम्पनीले न्यूनतम ५७ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन तरग(३४५) बीमा योजनामा कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

यस्तै, जीवन बचत(३५९) बीमा योजना कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*