सामलिग्ङ पावरको आइपीओ शेयरधनीको डिम्याट खातामा

६ मंसिर २०७८, सोमबार १२:५८

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको डिम्याटमा जम्मा भएको छ । साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट शेयर पाएका ६७ हजार ६९० जना लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो ।

सिडिएस क्लियरिङ लिमिटेडमा शेयर सूचिकरण गरेसँगै सिडियसले शेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणहरुका लागि ६ लाख ७८ हजार ९ सय कित्ता शेयर जारि गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*