लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

६ मंसिर २०७८, सोमबार ११:२३

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ ताकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*