नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन
६ मंसिर २०७८, सोमबार ११:०४
कााठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य सोमबार समायोजन गरेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको आइतबार कायम अन्तिम शेयरमूल्य ४६० रुपैयाँको आधारमा बोनश शेयरपछिको शेयरमूल्य ४०८ दशमलव ४९ रुपैयाँ कायम गरेको छ ।