थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० जना संक्रमणमुक्त

५ मंसिर २०७८, आईतवार १६:५८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोा छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ८४५ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा र १ हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मूत्यु भएको छ भने ३७० जना संक्रमणमुक्र भएका छन् । हाल देशभर ७ हजार १६४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*