एशियन लाइफको नविकरण बीमा शूल्क अब खल्तीबाटै भुक्तानी गर्न सकिने

५ मंसिर २०७८, आईतवार १२:४३

काठमाडौं । अलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा ल्याएको छ ।

कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकिने उद्देश्यले यो सेवा संचालनमा ल्याएको हो । एशियन लाइफ इन्स्योरेन्समा ५ हजार माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले खल्ती केवाईसी भेरीफाइ गराएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*