फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन
५ मंसिर २०७८, आईतवार १२:०४
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो दिन कायम १०१४ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको मूल्य शेयरमूल्य ९२१ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।