प्रिमियर इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद ?

५ मंसिर २०७८, आईतवार १२:००

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको ३०० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरेर कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*