नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

५ मंसिर २०७८, आईतवार ११:०१

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्र्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीको संस्थापक शेयरधनी पु्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको हुदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*