एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति

३ मंसिर २०७८, शुक्रबार १८:४६

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । शुक्रवार बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

कम्पनीले कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।बैंकको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*