देशभर थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मूत्यु

३ मंसिर २०७८, शुक्रबार १७:००

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ७७७ जनामा पीसीआर परीक्षण गर्दा २७१ जनामा र १ हजार १९५ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मूत्यु भएको छ भने ३६९ जना कोरोनामुक्त भएका छन् । हाल देशभर ७ हजार ५३९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*