नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि पायो बोर्डबाट अनुमति

३ मंसिर २०७८, शुक्रबार १६:५७

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले असार ४ गतेदेखी सेबोनमा १ः१ को अनुपातमा १ सय रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासनका लागि आवेदन दिएकोमा आज (मंसिर ३ गते) अनुमति पाएको हो ।

बैंकको १९ औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीको १ः२ अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकोा थियो । नेपाल राष्ट्र बैंकले जेठ २० गते १ः१ को अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको थियो ।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*