भैरहवामा सूर्या लाइफले आधारभूत अभिकर्ता तालिम संचालन गर्ने

३ मंसिर २०७८, शुक्रबार १४:१२

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ४ गते शनिबार नयाँ अभिकर्ताहरुका लागि आधारभूत अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीको भैरहवा शाखा कार्यालयको आयोजनमा उक्त तालिम संचालन हुन लागेको हो ।

तालिम भैरहवा शाखा कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त शाखाका शाखा प्रमुख विर महराले नयाँ अभिकर्ताहरुलाई सहभागि हुन आग्रह गरेको छ ।

साथै सम्पूर्ण एजेन्सि म्यानेजरहरुलाई आ–आफ्नो डाउन लाईनको नयाँ अभिकर्ताहरुलाई आवश्यक कागजातसहित सहभागी गराउनको लागि सहजीकरण गरी सहयोग गर्न अपिल समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*