प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ३ कम्पनीको शेयर लिलामीमा
काठमाडौं । पु्रडेन्सियल क्यापिटल म्यानेटमेन्ट कम्पनीको स्वामित्वमा रहेको ३ कम्पनीको शेयर आज देखि लिलामीमा आएको छ । संस्थापक समूह तर्फको प्रभु बैंकको ५० हजार कित्ता, प्राइम कमर्सियल बैंकको ६६ हजार ६७५ कित्ता र नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ३५ हजार कित्ता शेयर लिलामीमा आएको हो ।
प्रभु बैंकको शेयर मूल्य न्यूनतम प्रतिकित्ता २०५ रुपैयाँ, प्राइम कमर्सियलको प्रतिकित्ता २२५ रुपैयाँ र नेपाल ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा साभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।
उक्त शेयर गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर १० गते सम्म न्यूजतम २ हजार कित्ता देखी अधिकतम सम्पूर्ण कित्ता माग गरी एन आईं सी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंमा आवेदन दिन सकिने छ ।