महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

३ मंसिर २०७८, शुक्रबार १०:५९

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार ५८५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा आवेदन दिन सकिने छ ।

कम्पनीले यस अगाडि ३५ दिने सूचना निकाली विद्यमान संस्थापक शेयरधनीलाई बिक्री खुल्ला गरेकोेमा सो अवधिमा कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*