शिखर इन्स्योरेन्सको १७ औं बार्षित्सव सम्पन्न, शेयर लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिवद्धता

२ मंसिर २०७८, बिहीबार २१:३६

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १७ औ बार्षित्सव कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले १७ औं वार्षिकोत्सवको अवसमा एक कार्यक्रमको आयोजना गरी मनाएको हो । साथै सो अवसरमा १० वर्ष सेवा अवधि पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ। लामोसमयदेखि योगदान पुर्याउँदै आएका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप विशेष उपहार सहित सम्मानित गरेको हो ।

बार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । कम्पनीमा आवद्ध उच्च व्यवस्थापन तहका कर्मचारी, विभिन्न जिल्लाबाट उपस्थित शाखा प्रमुख, विभागीय प्रमुख तथा संचालकहरुको सहभागितामा केक काटेर वार्षिकोत्सवक सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीमा आवद्ध पुराना कर्मचारीहरुले आफनो विचार समेत व्यक्त गरेका थिए । लामो इतिहास र विश्वास बोकेको कम्पनीमा आवद्ध रहेर काम गर्न पाँउदा आफूहरु खुशी भएको आगामी दिनमा पनि निरन्तर रुपमा प्रगतीका लागि लागिरह्ने उनीहरुले बताए ।

कम्पनीको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बीमा क्षेत्रमा लामो इतिहास बोकेको कम्पनी हुनुको नाताले बीमा व्यवसायमा मात्रै नभई जनताको सेवा पनि निरन्तर रुपमा अग्रसर भएरु अगाडि बढिरहेको बताए । अध्यक्ष श्रेष्ठले कम्पनीले आगामी दिनमा समेत सफल रुपमा आफूलाई स्थापित गर्दै अघि बढ्नेमा आफू पूर्ण विश्वस्त रहेको कार्यक्रममा बताए ।

सबै सञ्चालकहरु उपस्थित भएको सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले कम्पनीको साखलाई जोगाईराख्न कम्पनीमा आवद्ध सबैजनाको हातोमालोको जरुरी रहेको बताए । सामूहिक रुपमा मेहनतको परिणाम स्वरुप कोभिडको महामारीमा समेत कम्पनीले उत्कृष्ट सेवा प्रवाह गर्न सफल भएको जानकारी दिँदै सबै कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गरे । सिईओ पाण्डेले आगामी दिनमा कम्पनीले लगानीकर्ताको लगानी सुरक्षित मात्र नभई उचित प्रतिफल दिन कम्पनी प्रतिवद्ध रहेको उनले बताए ।

कार्यक्रममा १० बर्षदेखि कम्पनीमा आवद्ध भई योग्दान दिँदै आईरहेका विमल राज नेपाली, प्राथना शाही, चन्दमणीशर्मा, हरी प्रसाद लम्साल, सुमन खनाल जेनी खतिवडा, स्वतिका कार्की, कुमार थापा, श्याम कृष्ण श्रेष्ठ, सुनेस राजभण्डारी, रञ्जना पोखरेल, सुनिता आर्चाय, शशील प्रसाद खनाल, योगेन्द नारायण मुनाकर्मी, प्रतिमा कार्की, कमला बरटैला, निरज विक्रम शाह, अनुसा वस्नेत कुंवर, उत्तम कुमार पुडासैनी, अर्जुन बहादुर रोकाया, रमेश केसी,मिन बहादुर कार्की, उमेश मर्हजन र हिकम्त चौधरीलाई सम्मान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*