टाटा मोटर्स एक्सचेञ्ज क्याम्प भोलिदेखि सुरु, एक्सचेञ्ज गर्दा छुटैछुट

२ मंसिर २०७८, बिहीबार १८:४५

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्यासेन्जर भेहिकलका लागि ‘टाटा मोटर्स एक्सचेन्ज क्याम्प’ कार्यक्रमकोे आयोजना गर्ने भएको छ ।

कम्पनीले उक्त कार्यक्रम मंसिर ३ देखि ७ गतेसम्म सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको हो । ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिनेछ भने यस संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । साथै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

सो अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा लिन सकिने कम्पनीले जनाएको छ । साथै विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सकिने वा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*