ग्लोबल आइएमई बैंकको साधारण सभा मंसिर २७ गते, बुक क्लोज कहिले ?

२ मंसिर २०७८, बिहीबार १८:१३

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सभा मंसिर २७ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले कम्पनीको गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर ३ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमन कारी निकायहरुबाट कुनै फेरबदल, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभा र लाभांश वितरण प्रयोजनको लाागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएकाले मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*