चन्द्रगढी र पोखरामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

२ मंसिर २०७८, बिहीबार १५:५२

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाईफ कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ।

बिरेन्द्र नमुना क्याम्पस, चन्द्रगढि झापामा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा मंसिर २ गते कार्यक्रम सम्पन्न भएको हो । ५० जना भन्दा बढी युवाहरू उपस्थित उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका केन्द्रिय सदस्य पुनम राजबंसी, मन्तब्य निमित्त क्याम्पस प्रमुख श्री प्रकाश भण्डारीले गर्नु भएको थियो। उक्त कार्यक्रममा रमेश कुमार भट्टराई र प्रशान्त राज धमलाले प्रशिक्षण र बीमाको महत्व तथा आवश्यकताबारे प्रकाश पारेका थिए भने उक्त कार्यक्रम सञ्चालन चन्द्रगढी कार्यालय प्रमुख पारशमणि तिम्सिनाले गरेका थिए ।

त्यसै गरी कम्पनीले पोखरा महानगर वडा नं। ३३ कालिकास्थानको सरस्वती टीका मा।बि।मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको छ । सो अभियानको पोखरा महानगरपालिका वडा नं। ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले उद्घाटन गरेका थिए। आचार्यले जीवन बीमा अब मानव जिबनको आधारभुत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनिय भएको बताए। उनले बीमाले जीवन र परिबारको आर्थिक र पारिबारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाइ आग्रह गरेका छन् ।

सो अबसरमा उक्त इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले ूयुवासँग महालक्ष्मी लाईफूबीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । १०० भन्दा बढी युवा बिद्यार्थि सहभागी सो कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य शिक्षक अभिभाबक संघ अध्यक्ष गणेश प्रसाद ढकाल,सो इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल, युवासँग महालक्ष्मी लाईफका केन्द्रिय सदस्य चन्द्र कुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्य लगायतले जीवन बीमा र यसको महत्व बारेमा प्रकाश पारेका थिए । युवासँग महालक्ष्मी लाईफ पोखराका संयोजक सन्तोष पराजुलिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*