कृषि विकास बैंकको संचालक सदस्यमा रमेश दुवाडी
२ मंसिर २०७८, बिहीबार १५:३९
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक सदस्यमा रमेश दुवाडी नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रीस्तरको कात्तिक १२ गतेको निर्णयअनुसार बैंकको संस्थापक शेयरधनी दुवाडीलाई उक्त मन्त्रालयको प्रतिनिधिको रुपमा बैंक संचालक सदस्यमा नियुक्त गरेको हो । साथै संचालक समितिको कात्तिक २९ गतेको बैठकमा दुवाडीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।