सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुदै छ कारोबार ?

२ मंसिर २०७८, बिहीबार ११:५१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य बिहिबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैया कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*