सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त
२ मंसिर २०७८, बिहीबार ११:०८
काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् ।
कम्पनीको संचालक समितिको मंसिर १ गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।