बैंकहरुको अवस्था चिन्ताजनक, शेयर बजारमा भने चलखेल गर्दै माफिया

२ मंसिर २०७८, बिहीबार ०९:०५

काठमाडौं । नेपाली शेयर लगानीकर्ताहरुमा पर्याप्त ज्ञान नहुुँदा शेयर बजारमा ठूला गिरोह र माफियाहरुले फाइदा उठाएर फसाउने गरेको नयाँ घटना भने होइन । विगतमा लगानीकर्ताहरु आत्महत्या गर्ने अवस्थामा पुगेको तीतो विगतलाई बिर्सेर यतिबेला पुनः माफियाहरु सोझा लगानीकर्ताहरुलाई फसाउने नियतबाट शेयर बजारमा चलखेल गरिरहेका छन् ।

यथार्थ अवस्था सबैलाई थाहा छ । यतिबेला बैंकहरु संकटपूर्ण अवस्थामा छन् । हिजैंबाट बैंकहरुले ब्याजदर समेत बृद्धि गरिसकेका छन् । तर, यही अवस्थामा शेयर बजारमा भने नव प्रवेशी र सोझा लगानीकर्ताहरुलाई मुर्गा बनाउने काम भइरहेको छ ।

नेप्सेमा हिजो दिनभर नै शेयर बजार ह्वात्तै बढ्यो । लगानीकर्ताहरु भटाभट शेयर किन्न थाले, सबै सूचांक हरियालीबीच कारोबार भइरहेकोमा अपरान्ह ह्वात्तै घटेर झिनो अंकको साथमा मात्रै बढेर कारोबार बन्द भयो । यसको अर्थ के हो ? शेयर बजारमा के हुँदैछ । स्वतन्त्र रुपमा मूल्य निर्धारण हुनुपर्ने शेयर बजारमा कसले हस्तक्षेप गर्दैछ ? पर्दाभित्र बसेर खेल्ने र अध्यारो कोठामा बसेर खेल्ने को हो ? यसको छानविन गर्ने तथा जवाफ दिने निकाय कुन हो ? गम्भिर प्रश्न उब्जिएको छ ।

यहाँ शेयरको मूल्य घट्नुपर्छ भन्न खोजेको होइन । फेरि पनि कृत्तिम रुपमा शेयरको मूल्य बढाएर माफियाले शेयर बिक्री गर्ने सोझा लगानीकर्ताले उक्त शेयर किनेर फस्ने अवस्था कसरी आयो भनेर प्रश्न गर्न खोजिएको हो । हिजोको कारोबारबाट दुइ वटा गम्भिर प्रश्न चिन्ह उठेको छ । पहिलो बैंकरहरु यतिबेला तरलता नभएर, सिडी रेसियो ९९ प्रतिशतसम्म पुगेर रुवाबासी गर्दैछन् ।

अर्थात बैंकहरु ऋण प्रवाह शून्यमा झारेर बस्नु परेको भन्दै हिजै राष्ट्र बैंकका गभर्नरसँग हारगुहार गर्दै थिए । यस्तो अवस्थामा हिजो दिनभर उच्च अंकले नेप्से बढिरह्यो । कारण के ? बैंकहरु तनावमा हुँदा शेयरको मूल्य बृद्धि प्राकृति हो कि कृत्तिम ? दोस्रो कुरा, बैंक, वित्तीय संस्था तथा अन्य कम्पनीहरुले लाभांश दिने समय आएको छ । शेयरको मूल्य बढ्ने समय हो, बढ््यो रे, तर कारोबार बन्द हुनु अघि उच्च अंकले गिरावट किन आयो ?

उल्लेखित घट्नाहरुले आफ्नो शेयर बिक्रीका लागि माफियाहरुले कर्नरिङ वा कुनै विधिमार्फत शेयरको मूल्य बढाए, अब पुग्ने नाफा आयो भनेपछि माफियाहरुले शेयर बिक्री गर्न भ्याए । अर्थात घटाउँदै बिक्री गर्नुपर्ने हुन्छ । मूल्य उच्च अंकले बृद्धि भइरहेका बेला कम मूल्यमा अर्डर राख्नेहरु सबैलाई भाग पुग्ने गरी ठूलो मात्रामा शेयर हुत्याइयो ।

नेपालको शेयर बजारमा लगानीकर्ताहरु माफियाहरुले गर्ने यस्तो गेम, चलखेल र षडयन्त्रबाट सधैं सचेत हुनुपर्दछ । नव प्रवेशी तथा शेयर बजारमा हुने चलखेल र षडयन्त्रबारे ज्ञान नभएका लगानीकर्ताहरु सचेत हुनुपर्ने बेला आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*