आइएमई लाइफ इन्स्योरेन्सको जुम्ला शाखाद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१ मंसिर २०७८, बुधबार १९:५९

काठमाडौं।  आइएमई लाइफ इन्स्योरेन्स कम्पनि जुम्ला शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । जिल्लाको कनकासुन्दरी गा.पा.वडा न. ३ ओखरपाटा गौरी निवासि स्वर्गीय धौली बुढाले २०७६ सालमा ५ लाख रुपैयाँ बराबरकोृ बीमाङ्कको को बीमा गर्नु भएको थियो ।

उनको २०७८ भदौ महिनामा असायमिक मृत्युु भएकोले मृत्यु दाबी बापतको रकम स्थानीयको उपस्थितिमा शाखा प्रमुख बुद्धि तामाङ्ग र कनकासुन्दरी गाउपालिका वडा नं. ३ का वडा सदस्य बिजु नेपालिको हातबाट छोरा जोबन बुढालाई पाँच लाख छयालिस हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।

निधन पछिको काजकिरिया सकिए पश्चात् छोरा जोबन बुढाले कम्पनीको जुम्ला शाखामा मृत्युको जानकारी गराएको थियो । कम्पनीलाई जानकारी गराएको छोटो समयमै बिना झन्झट मृत्युु दाबी पाएकोले मृतकका छोरा जोबन बुढाले कम्पनीका सम्पुर्ण कर्मचारिलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा बोल्दै कनका सुन्दरी गाउपालिका वडा नं. ३ का वडा सदस्य बिजु नेपालिले समयमै जीवन बीमा गरे भबिस्यमा हुने भवितव्य आर्थिक जोखिम न्यूनीकरण गर्न सहज हुने तथा आफ्नो अभाबमा आफ्ना आश्रीत परिवारलाई आर्थिक जोखिम कम गर्न महत्त्वपूर्ण हुने भएकोले सबैले जीवन बीमा गर्नु अनिबार्य भएको भनी जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै आई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका जुम्ला शाखा प्रमुख बुद्धि तामाङ्गले बीमा बचत र सुरक्षा मात्र नभइ कम्पनी प्रतिको बिश्वास पनि हो र आज हामी उक्त बिश्वासलाई थप मजबुत गराउन सफल भएको जिकिर गर्नुभएको थियो।कार्यक्रममा जुम्ला शाखाका कर्मचारी, एजेन्सी म्यानेजर, वडा प्रतिनिधि, साथै स्थानीयको उपस्थिति थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*