भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, कृषि बीमामा दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानिय कृषकको माग

१ मंसिर २०७८, बुधबार १६:३०

काठमाडौं । बीमा समितिले भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकामा सुनिल प्रजापती थिए । त्यस्तै विशेष अतिथि रजनी जोशको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

साथै सम्पुर्ण वडाका अध्यक्षहरु, जनप्रतिनिधिहरु, शिक्षक, कृषक, स्थानीय तहमा रहेका बीमा कम्पनी तथा बैंकका शाखा प्रमुखहरु उधोग वाणिज्य महासंघका पदाधिकारी सहित सर्वसाधारणको उपस्थिति थियो ।बीमा समितिबाट उपस्थित उपनिर्देशक कार्की सहित सहायक निर्देशक राम कोजु, सहायक निर्देशक मौनता धौवञ्जारले कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा उप निर्देशक कार्कीले बीमाको विषयमा उक्त नगरपालिकामा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले बीमा विश्वासको अडिगमा रहेर गर्ने सेवा भएको कारण बीमितलाई झन्झटरहित बीमा दाबीमा बिशेष ध्यान दिन आग्रह गरेका छन् ।त्यस्तै, बीमा कम्पनीले समयमा दाबी भुक्तानी नदिदाँ विश्वास गुम्दै गएको कुरा कार्यक्रममा प्रमुख अतिथि मेयर प्रजापतिले कार्यक्रममा व्यक्त गरेका थिए । बीमा विश्वासको माध्यम भएको कारण बीमितलाई सरल दाबी भुक्तानी माध्यमको माग देखाउनुपर्ने उनले कार्यक्रममा भने ।

उनले कार्यक्रममा जनहितका लागि बीमा कम्पनीहरुसँगको सहकार्यमा पनि कार्यक्रम गर्न आफू इच्छुक रहेको कार्यक्रममा बताए । कार्यक्रममा उपस्थित स्थानियहरुले बीमा दाबीको समयमा आफूहरुले भोगेको दुख व्यक्त गरेका थिए । त्यस्तै, कार्यक्रममा उपस्थित स्थानिय किसानहरुले कृषि बीमामा दाबी भुक्तानीको झन्झटलाई कसरी सहज बनाउन सकिन्छ, त्यसतर्फ बीमा समितिलाई बिशेष आग्रह गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*