एनटिसि सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१ मंसिर २०७८, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा हरियाली छाउँदा कारोबार समेत बढ्न पुगेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दूरसंचार (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन ५८ करोड ६८ लाख ६२ हजार ९५५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, मानुषी लघुवित्तको ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३३ करोड ६६ लाख, नेशनल हाइड्रोपावरको २६ करोड ३१ लाख र गरिमा विकास बैंकको २२ करोड १९ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*