ज्योति लाइफद्धारा व्यतित बीमालेखमा ब्याज छुट
१ मंसिर २०७८, बुधबार १२:३२
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ ।
कम्पनीले एक सूचना सार्वजनिक गर्दै मंसिर १ गतेदेखि मंसिर २९ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।
साथै बीमा समितिबाट जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को अधिनमा रही ब्यतित बीमालेख अन्तर्गत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।