ङादी ग्रुप पावरको खुद नाफामा सुधार

१ मंसिर २०७८, बुधबार १२:३०

काठमाडौं । ङादी गुप पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकोा वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा १२.५५ प्रतिशतले वृद्धि भइ २ करोड ३९ हजार रुपैयाँ पुगको छ । जुन गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड ७८ लाख रुपैयाँमा सिमित रहेको थियो ।

गत वर्ष विद्युत बिक्रीबाट ३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी ३६.९१ प्रतिशतले बढेर ४ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दनी ११ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ८७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*