बरुण हाईड्रोपावरको खुद नाफामा छलाङ, अन्य सूचक कस्तो ?

१ मंसिर २०७८, बुधबार ११:४४

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ५६४.९२ प्रतिशतले बढेर १ करोड १० लाख रुपैयाँ पुगको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १६ लाख १५ हजार रुपैयाँमा सीमित थियो ।

गत वर्ष विद्युत बिक्रीबाट १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी ७०.८७ प्रतिशतले बढेर ३ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा रहेको र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*