मेगा बैंकको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

१ मंसिर २०७८, बुधबार ११:३६

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको ३४२ औं बैठकबाट पारित भएको १२.०७ प्रतिशत लाभांश संशोधन गरिएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश गरी कुल १२.०७ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिको लागि पेश गरिएकोमा नेपाल राष्ट्र बैंकको निर्देशन भएकाले मंसिर १ गते बसेको संचालक समितिको बैठले उक्त प्रस्तावित लाभांशलाई संशोधन गरेको हो ।

कम्पनीको कायम चुक्तापूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँबाट सोही प्रतिशत लाभांश संशोधन भएको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*