निफ्राको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय

१ मंसिर २०७८, बुधबार १०:४१

काठमाडौं । नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ ।

कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको १०० औं बैठकले बैंकको तेस्रो वार्षिक साधारण सभा र बुकक्लोजको मिति तय गरेको छ । बैठकको निर्णयअनुसार मंसिर ९ गते एक दिन बुकक्लोज गर्ने भएको छ । जसअनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

संचालक समितिको सोही बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा मंसिर २९ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वट, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने निर्णय गरेको छ । सभाले कम्पनीले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । सभाले पारित गरेपश्चात मंसिर ८ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*