रिलायन्स लाइफ पाँचौं वर्षमा, बीमितलाई थप लाभ हुने गरी अघि बढ्ने प्रतिबद्धता

१ मंसिर २०७८, बुधबार ०७:५७

काठमाडौं । २०७४ मंसिर १ गते अर्थात आजैको दिन नेपालमा जीवन बीमा सेवा आरम्भ गरेको रिलायन्स लाइफ इन्स्योरेन्स कमपनी आजबाट पाँचौं बार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । चौथो वर्ष पुरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीका देशैभरिका शाखा कार्यालयहरुमार्फत यो साता भरि विविध कार्यक्रम गरी मनाउने जनाएको छ ।

नेपालमा बीमा सेवा दिइरहेका परम्परागत कम्पनीहरुको विकल्पमा नयाँ कम्पनीलाई लाइसेन्स दिने नीति अन्तर्गत रिलायन्स लाइफले पनि चार वर्ष अघि बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको थियो ।

स्थापनादेखि नै बीमित केन्द्रीत बीमा सेवा प्रवाह गर्दै फराकिलो तरिकाले जोखिम रक्षावरण गर्दै अघि बढ्दै आइरहेको छ । बीमाको दीर्घकालिन विकास र स्थायी समृद्धिलाई पछ्याउँदै अघि बढेको कम्पनीले छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ ।

स्थापनाको चार वर्षमा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब दुई करोड १७ लाख पाँच हजार भन्दा बढि संचिती गर्न सफल भइसकेको छ । कुनै पनि जीवन बीमा कम्पनीको लागि जीवन बीमा कोष निकै नै महत्वपूर्ण हुन्छ । बीमितले पाउने लाभांश तथा कम्पनीको बलियोपना मापन गर्दा जीवन बीमा कोष नै हेर्ने गरिन्छ । कम्पनीमा आबद्ध ५० हजार भन्दा बढि अभिकर्ताहरुले हालसम्म ९१ हजार ८९८ (असोज मसान्तसम्म) बीमा पोलिसी कायम राख्न सफल भएका छन् ।

यस अवधीमा कम्पनीले आईपिओ समेत जारी गरेर कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब १० करोड बनाउन सफल भइसकेको छ । सँगसँगै स्थापना भएका कम्पनीहरुले अझै आईपिओ जारी गर्न नसकेर अल्झिरहेको समयमा चुस्तदुरुस्त व्यवस्थापन भएको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षमा नै आईपिओ जारी गरी बीमा समितिले तोकेको दुई अर्बको चुक्ता पुर्याउन सफल भइसकेको छ ।

केडिया अर्गनाइजेशनसँग आबद्ध व्यक्तिहरु, देशकै ठूलो रिलायन्स पेपर मिलका लगानीकर्ता, सिद्धार्थ ग्रुप, सिद्धार्थ बैंकलगायतको मुख्य लगानी रहेको रिलायन्स लाइफमा संस्थापक शेयरधनी र सर्वसाधारण शेयरधनीको अनुपात ७०ः३० रहेको छ ।

पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका सिईओ प्रविन रमण पराजुलीले एक विज्ञापन सन्देशमार्फत एक विज्ञापन सन्देशमार्फत हाल हिड्ने यात्रा गरिरहेको र अब दौडने प्रतिबद्धता जनाएका छन् ।

पाँचौं बार्षिकोत्सवकै अवसरमा कम्पनीका अध्यक्ष तारा चन्द केडियाले रिलायन्स लाइफ आगामी दिनमा अझै प्रगति गर्दै बीमित, शेयरधनीलाई थप लाभ हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*