प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडमाथि, मुनाफा बढ्दा अन्य सूचांकहरु कस्तो ?

३० कार्तिक २०७८, मंगलवार २२:४३

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडभन्दा माथि पुगेको छ । चालु आवको तीन महिनाको वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीको बीमा व्यवसाय फैलिएको देखाएको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ३४.०६ प्रतिशतले बृद्धि भई ६१ करोड १८ लाख ४४ हजार पुगेको छ । अघिल्लो आवको समीक्षा अवधीमा कम्पनीले जम्मा ४५ करोड ६३ लाख कूल बीमा शुल्क आम्दानी गरेको थियो । सो कम्पनीको कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानी २१ प्रतिशतले घटेर पाँच करोड ८० लाखमा सीमित हुन पुगेको छ । अघिल्लो आवको समीक्षा अवधीमा कम्पनीको यस्तो आम्दानी सात करोड ४१ लाख थियो । कम्पनीको व्यवस्थापन खर्च सामान्य अंकले घटेर पाँच करोड ८७ लाखमा झरेको छ । गत आवको तीन महिनामा व्यवस्थापन खर्च बापत छ करोड एक लाख रुपैयाँ परिचालन भएको थियो ।

कम्पनीको बीमा कोष २३.५५ प्रतिशतले बृद्धि भई ८७ करोड ९६ लाख ७८ हजार पुगेको छ । अघिल्लो आवमा जम्मा ७१ करोड रुपैयाँ बीमा कोषमा संचिती गरेकोमा चालु आवसम्म आईपुग्दा करिब १६ करोड रुपैयाँ थप भएको हो । कम्पनीले जगेडा कोषमा ४३ करोड रुपैयाँ संचिती गरेकोले एक अर्ब ३५ करोड रुपैयाँको विशाल कोष खडा गर्न सफल भएको छ ।

गत आवको तुलनामा कम्पनीको खुद मुनाफा ३.१६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवमा सात करोड ९० लाख रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा आठ करोड १५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

कम्पनीले जारी गरेको पोलिसी संख्या ४१ हजार ४५२ वटा रहेको छ । गत आव यस्तो पोलिसी संख्या ४१ हजार ४४५ थियो ।
एक अर्बभन्दा बढि चुक्ता पुँजि भएको प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १९.१६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.०१ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १८६.४६ हुँदा प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५२.६३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*