खुद ब्याज आम्दानी बढ्दा स्वभिमान लघुवित्तको नाफामा आकर्षक सुधार

३० कार्तिक २०७८, मंगलवार १६:१८

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले यस अवधिमा गत वर्षको तुलनामा ७९.५० प्रतिशत बढीले खुद नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ७९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने संचालन मुनाफा घट्न पुगेको छ । कम्नपीको खुद ब्याज आम्दानी ५९.१४ प्रतिशतले बढेर २ करोड ११ लाख ७० हजार पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी बढ्न जाँदा कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समिक्षा अवधिमा संचालन मुनाफा भने घटेको छ । गत वर्ष ६६ लाख रुपैयाँ संचालन नाफा कमाएकोमा यस अवधिमा २५ प्रतिशतले घटेर ४८ लाख ९६ हजार रुपैयाँ मात्र कमाएको छ ।

साथै यस अवधिमा कम्पनीले १० करोड रुपैयाँ लगानी गरेको छ । गत वर्षमा कम्पनीले ५ करोड लगानी गरेको थियो । त्यस्तै पहिलो त्रैमाससम्मका कम्पनीको चुक्तापूँजी ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेकोमा जगेडा कोषमा ७ करोड २ लाख ६५ हजार रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, पहिलो त्रैमाससम्मा कम्पनीको प्रतिशेयर आम्दाानी (इपिएस) ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाा ३३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*