एफपीओ निष्काशनको तयारीमा रहेको किसान लघुवित्तको खुद नाफा ३५% ले घट्यो

३० कार्तिक २०७८, मंगलवार १४:०८

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड १९ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको हो । गत आर्थिक वर्ष कम्पनीले १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरको थियो । जुन चालु आवको तुलनामा ३५.३८ प्रतिशतले बढी हो ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा भने बढेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ६ लाख रुपैयाँ आर्जन भएको छ भने संचालन मुनाफा १ करोड ३७ लाख ३२ हजार रुपैयाँ पुगेको छ । चालु आवमा कम्पनीको नाफा राइट ब्याकमा घटेर आएको कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

त्यस्तै, कम्पनीको गत वर्षको तुलनामा लगानी १ अर्ब ८६ करोड र ब्याज ३ करोड ८२ लाखले बृद्धि भएको छ । थप कर्जा नोक्सानी व्यवस्थाका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो । पहिलो त्रैमासमा कम्पनीको कर्जा ६ अर्ब ३७ करोड ४५ लाख २४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा ३३ करोड ८३ लाख ४१ हजार रुपैयाँ संचित भएको छ । त्यस्तै, यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी अनुपात (वार्षिकमा) ३.०५ रुपैयाँ रहेको छ । साथै प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ९९ पैसा रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डबाट स्वीकृत प्राप्त भएपश्चात यस त्रैमासमा साधारण सभा सम्पन्न गरी एफपीओ निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*