नेपाल टेलिकमको सेवा व्यापार आम्दानी बढ्दा खुद नाफा ४८% बढ्यो

३० कार्तिक २०७८, मंगलवार १३:२१

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार आएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४८.८९ प्रतिशतले बढेर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ सिमित थियो ।

असोज मसान्तसम्मको अवधिमा आइपुग्दा कम्पनीको सेवा व्यापार आम्दानी ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोष ८३ अर्ब ८२ करोड रहेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७९ पैसाले बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*