एलआईसी नेपालको जीवन बीमा कोष ८३ अर्बमाथि, सूचांकमा देखियो यस्तो प्रगति

३० कार्तिक २०७८, मंगलवार ११:२२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ३.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ३ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुको लागि निकै महत्वपूर्ण मानिने जीवन बीमा कोष १७.९१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष गत आवमा ७० अर्ब ७३ करोड रुपैयाँ रहेकोमा चालु आवको तीन महिनाको अवधीसम्म आइपुग्दा ८३ अर्ब ४० लाख पुगेको छ । कम्पनीको जगेडा कोषमा ६६ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा २६ करोड ७३ लाख रुपैयाँ सहित कूल कोषको आकार ८४ अर्ब ३४ करोड भन्दा माथि छ । कम्पनीको समग्र कोषको अवस्था १८ प्रतिशतले बृद्धि भएको छ ।

चालु आवको तीन महिनामा एलआईसी नेपालले बीमालेख धितोमा कर्जा, लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ९९ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको यस्तो आम्दानी १०.८५ प्रतिशतले बृद्धि भएको छ । गत आवको तीन महिने समीक्षा अवधीमा कम्पनीले एक अर्ब ७९ करोड ७८ लाख ९८ हजार ९५४ रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको व्यवस्थापन खर्च ९.६६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १४ करोड ९० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको तीन महिनाको अवधीमा १६ करोड ३४ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको खुद दावी भुक्तानी ३५.५८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २७ करोड ४७ लाख रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिनामा ३७ करोड २४ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

बीमांकिय मूल्यांकन अघि कम्पनीको खुद नाफा भने ४४.९० प्रतिशतले घटेर ३ करोड १९ लाख रुपैयाँमा कायम भएको छ । जीवन बीमा कम्पनीहरुको खुद नाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा थप घट हुन सक्नेछ ।

कम्पनीले ४ हजार ८३२ वटा दाबी बापत ३ अर्ब ७४ करोड १९ लाख रुपैयाँ कूल भुक्तानी गरेको छ भने २९ करोड ८८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७ पैसा रहेको छ ।

One thought on “एलआईसी नेपालको जीवन बीमा कोष ८३ अर्बमाथि, सूचांकमा देखियो यस्तो प्रगति

  1. Ankita poudel says:

    Hlo sir / mam ma Mero baby ko insurance garayuna chanxu baby ahyela 1:5 years ko xa 16 years ma 30/40 lakh huni gararw jamma Garda years rw month ma Kati Kati vetxa hola ???

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*