प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जनमा देखियो आकर्षक सुधार

३० कार्तिक २०७८, मंगलवार १०:००

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक र्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्कमा आकर्षक सुधार ल्याएको छ । यस अवधिसम्ममा खुद बीमा शुल्क आर्जन ११३ प्रतिशतले वृद्धि भएको छ ।

पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीले ५५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २५ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस त्रैमासको अवधिसम्ममा तीन करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा पनि ७।२२ प्रतिशतले बढेको छ ।कम्पनीको दिर्घकालिन लगानी ८५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने अल्पकालिन ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासको अवधिसम्ममा अभिकर्ताले मात्रै १० करोड रुपैयाँ कमिशन लिएका छन् । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*