पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, कूल बीमा शुल्क आम्दानी अर्बमाथि, तथ्याङ्कमा यस्तो देखियो कम्पनी

३० कार्तिक २०७८, मंगलवार ०७:१३

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरु मध्येमा पहिलो नम्वरमा रहँदै आएको शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासमा प्रगति गर्दै अघि बढ्न सफल देखिएको छ । आज प्रकाशित पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको निर्जिवन बीमा व्यवसाय १०.९३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको गत आवको तीन महिनामा ९० करोड ४३ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनामा एक अर्ब पुर्याउन सफल भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको आज प्रकाशित वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी समेतमा बृद्धि भएको छ । गत आवको समीक्षा अवधीमा ४३ करोड ४० लाख खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनामा ४४ करोड ५० लाख भन्दा बढि खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको । कम्पनीको व्यवस्थापन खर्च पाँच प्रतिशतले बृद्धि भएको छ भने खुद दावी भुक्तानी साढे दुई प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले लगानीबाट हुने आम्दानी बृद्धि तथा बीमा शुल्क आम्दानीमा बृद्धिका कारण मुनाफाको आकार समेत बढेको छ । गत आवको तीन महिनामा १२ करोड २३ लाख रुपैयाँ कमाएको कम्पनीले चालु आवको समीक्षा अवधीमा १३ करोड ३६ लाख रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीको बक्यौता दावी भुक्तानी रकम दुई अर्ब १४ करोड ९७ लाख रुपैयाँ छ । अघिल्लो आवमा यस्तो दावी भुक्तानी बक्यौता ८४ करोड ९५ लाख मात्रै थियो ।

कम्पनीको नविकरण गरिएको बीमालेखको संख्या भने भारी मात्रले घटेको छ । एक अर्ब ७५ करोड ८५ लाख २४ हजार चुक्ता पुँजि भएको कम्पनीको प्रतिशेयर आम्दानी ३०.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.९१ गुणा, प्रति शेयर नेटवर्थ २२६.७६ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३२६.२२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*